साफ यू-१९ च्याम्पियनसिपको उपाधि भारतलाई

हिमाल प्रेस १३ असोज २०८० २०:२२
8
SHARES
साफ यू-१९ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। पाकिस्तानलाई ३-० गोलले हराउँदै साफ यु-१९ च्याम्पियनसिपको उपाधि जितेको हो। योसँगै उपाधि जित्नेमा भारतले ह्याट्रिक गरेको छ।

यसअघि भारत सन् २०१९ र २०२२ मा पनि च्याम्पियन बनेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भारतलाई जित दिलाउन मङ्लेनथाम किपगेनले २ र ग्वाग्वमसर गोएरीले १ गोल गरे।

सेमिफाइनलमा भारतले नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनलमा पुगेका हुन्।

प्रकाशित: १३ असोज २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =