नेशनल लाईफ इन्स्योरेन्सको ‘चेयर पर्सन’ कार्यक्रम सम्पन्न

हिमाल प्रेस १० असोज २०८० २१:२६
नेशनल लाईफ इन्स्योरेन्सको ‘चेयर पर्सन’ कार्यक्रम सम्पन्न

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्सको ‘चेयर पर्सन’ कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले असोज ६ गतेदेखि ८ गतेसम्म अभिकर्ताका लागि तीन दिने चेयर पर्सन क्लब तथा सम्मान कार्यक्रम गरेको हो।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा कार्यक्रम भएको हो। कार्यक्रममा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै आफ्नो कोड र सञ्जालको व्यवसायमा उत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्तालाई सम्मान गरिएको थियो।

अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, द्वितीय र तृतीय हुने लिडर अभिकर्तालाई पनि सम्मान गरिएको थियो।

अध्यक्ष सिंहले नेपालको जीवन बिमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बिमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको बताइन्।

प्रकाशित: १० असोज २०८० २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =