१८ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

हिमाल प्रेस ९ असोज २०८० १५:१५
१८ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १८.४५ अंकले बढेको छ। २००६ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढाव हुँदै २०२२.९१ बिन्दुमा पुगेको हो।

आज १९० कम्पनीको सेयर मूल्य बढेको छ। ३९ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। मंगलबार कुल ८७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका हिसाबले एनआईसी एशिया बैंक शीर्ष स्थानमा रह्यो। यसको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। सन् नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५३ लाख रुपैयाँको कारोबार भयो।

आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै जलविद्युत् उपसमूहको सूचक ३.०९ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घट्यो। बाँकी सबै उपसमूहको सूचक बढेको छ।

प्रकाशित: ९ असोज २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =