शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सूर्य थापाको आग्रह

हिमाल प्रेस ८ असोज २०८० १७:४७
1.4k
SHARES
शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सूर्य थापाको आग्रह

काठमाडौँ- नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले राहत, साबिक उच्चमावि, बालविकास र पेन्सनपीडित शिक्षक तथा विद्यालय कर्मचारीले उठाएका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शिक्षकहरूले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै यस्तो आग्रह गरेका हुन्।

थापाले सोमबार प्यूठान, अर्घाखाँची र धादिङबाट आएर आन्दोलित शिक्षकहरूका अगुवाहरूसँग छलफल र अन्तरक्रिया गरेका थिए। त्यस क्रममा उनले आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका हुन्।

थापाले भने, ‘हामी शिक्षक र कर्मचारीका जायज माग पूरा गर्नेगरी पूरक सहमति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ।’ थापाले छलछाम, धोकाधडी र तिकडमबाजी बन्द गरी शिक्षक र कर्मचारीका जायज माग पूरा गर्न सरकारसँग माग गरेका हुन्।

प्रकाशित: ८ असोज २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =