देशभरका राहत शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा उपस्थित हुन अपिल

हिमाल प्रेस ७ असोज २०८० २२:४१
1.4k
SHARES
देशभरका राहत शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा उपस्थित हुन अपिल काठमाडौँ केन्द्रित आन्दोलनमा राहत शिक्षकहरू।

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले देशभरका राहत शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन अपिल गरेको छ। समितिले आइतबार सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै पालिकाका राहत शिक्षक समितिका अध्यक्षहरूलाई सम्बोधन गर्दै यस्तो अपिल गरेको हो।

‘राज्य औपचारिक रूपमा हाम्रो माग सम्बोधन गर्न गम्भीर नदेखाएकाले अबका दिनमा सडक आन्दोलनलाई थप उचाइमा पुर्‍याउँदै सशक्त दबाब र प्रभाव सिर्जना गर्न आवश्यक देखिएकाले सम्पूर्ण राहत शिक्षक साथीहरुलाई काठमाडौँ ओराल्न राहत शिक्षकका सबै तहका समितिहरुलाई निर्देशन जारी गरिएको छ’, केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले जारी गरेको सर्कुलरमा उल्लेख छ।

चार लाख शिक्षक कर्मचारीको पेसागत भविष्य, शैक्षिक सुशासन, ट्रेड युनियन अधिकार, पेसागत वृत्तिविकासलगायतका सवालमा शिक्षक महासंघभित्रका केही स्वार्थी समूहले धोखा दिई राहत शिक्षकलाई सडकमै छोड्ने वातावरण निर्माण गरेपछि आफूहरू आन्दोलित भएको राहत शिक्षकहरूको भनाइ छ।

समितिले सम्पूर्ण राहत शिक्षकहरुलाई सशक्त पेसागत आन्दोलन सफल बनाउन काठमाडौँ जाने वातावरण तयार गरिदिन सबै स्थानीय तहका सरकार प्रमुख, देशभरका सम्पूर्ण प्रधानाध्यापक, अभिभावक र विद्यार्थी भाइबहिनीहरुलाई अपिल गरेको छ।

यसैगरी आन्दोलनरत घटकहरू नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, नेपाल बालविकास शिक्षक केन्द्रीय समितिकी अध्यक्ष  कृष्णकुमारी थापा र पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष अमृत कार्की, हिस्टुनका अध्यक्ष, ज्ञानप्रसाद भट्टराई र सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष शशि केसीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै शिक्षक र कर्मचारीलाई काठमाडौँ उत्रने वातावरण बनाइदिन स्थानीय तहका सरकार प्रमुख, देशभरका सम्पूर्ण प्रधानाध्यापक र अभिभावकलाई आग्रह गरेका छन्।

२० हजार शिक्षकलाई हटाउने गरी आएको विधेयक मान्य छैन : कुमार बजगाई

सशक्त आन्दोलनमा जुट्न ईसीडी शिक्षकको सर्कुलर

किन लाग्यो शिक्षक महासंघ खारेजको नारा?

प्रकाशित: ७ असोज २०८० २२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =