आइतबार नेपाल-चीन बिजनेस समिट हुँदै

हिमाल प्रेस ६ असोज २०८० १७:१२
4
SHARES
आइतबार नेपाल-चीन बिजनेस समिट हुँदै

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को संयुक्त आयोजनामा बेइजिङमा नेपाल–चीन बिजनेस समिट हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा बेइजिङमा द्धिपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले समिट हुन लागेको हो। आइतबार सीसीपीआईटीको प्रधान कार्यालयमा समिट हुनेछ।

समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। समिटमा १२० जना चिनियाँ र ५० जना नेपाली व्यवसायीको सहभागिता रहने महासंघले जानकारी दिएको छ। नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित ५० जना व्यवसायी हुनेछन्।

समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ। उक्त समिट अघि ‘बिजनेस टु बिजनेस’ बैठक पनि राखिएको छ।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका विषयमा धारणा राख्नेछन्। नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्त्वपूर्ण रहने ढकालको भनाइ छ।

प्रकाशित: ६ असोज २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =