पुस २७ देखि ‘देव वाणी’ प्रदर्शन हुने

हिमाल प्रेस ४ असोज २०८० १७:३७
8
SHARES
पुस २७ देखि ‘देव वाणी’ प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘देव वाणी’ आगामी पुस २७ गतदेखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले तीन पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।

पोस्टरमा फिल्मका कलाकार सुनिल थापा, नव–कलाकार कुन्दन भारद्धाज र अनुजा लेप्चा देखिएका छन्। बाबुसाहेव बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा सुनिल, रबिन्द्र कुन्दन र अनुजासहित ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ।

नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनको तयारीमा रहेको फिल्मको छायांकन सिमरा, वीरगन्ज, र काठमाडौंमा गरिएको छ। फिल्ममा कथा निराजन मेहता मन्जिलको कथा छ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्म हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीतमा बनेको छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।

प्रकाशित: ४ असोज २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =