‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्दै मोडल विमलेश

हिमाल प्रेस ४ असोज २०८० १७:०८
30
SHARES
‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्दै मोडल विमलेश

काठमाडौँ- मोडल तथा कलाकार विमलेश अधिकारीले फिल्म निर्देशन गर्ने भएका छन्। अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्।

फिल्ममा विमलेशकै कथा रहनेछ। फिल्मको कथा बुझाउन निर्माण टिमले म्युजिकल प्रिभ्यू पनि सार्वजनिक गरेको छ। विशाल पोखरेल र डीपी खनालको शब्द रहेको गीतमा विशाल पोखरेलको संगीत भरेका छन्।

सुरेश लामा र ममता गुरुङको स्वर रहेको गीतमा संगीत संयोजन रिकेश गुरुङको छ। भिडियोमा विमलेशसहित अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मालाई देख्न सकिन्छ।

भिडियोमा फिल्मको कथासारलाई देखाउन खोजिएको छ। सार्वजनिक फिल्मको थिम पोस्टरमा पनि विमलेश, केकी अधिकारी र रीमा नै अटाएका छन्। फिल्ममा पनि यी तीन जनाको मुख्य भूमिका रहने बताइएको छ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण हुने फिल्म नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, टेकेन्द शाहको सम्पादन रहनेछ। फिल्मको छायांकन २०२४ जनवरीबाट सुरु गरिने निर्माण टिमले जानकारी दिएको छ।

निर्माण टिमका अनुसार फिल्ममा अन्य कलाकार छनोट कार्य भइरहेको छ। कलाकार विमलेशले ‘जंगबहादुरको कोट’, ‘तुलसी’, ‘मुटु’, ‘ब्रेक फेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म?’लगायत फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: ४ असोज २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =