उग्र बन्दै शिक्षक आन्दोलन, बानेश्वरको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा तनाव

हिमाल प्रेस ४ असोज २०८० १४:५९
86
SHARES
उग्र बन्दै शिक्षक आन्दोलन, बानेश्वरको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा तनाव

काठमाडौँ– विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूको आन्दोलन उग्र बनेको छ। बिहीबार दोस्रो दिन काठमाडौँको माइतीघरबाट जुलुस भएको जुलुस नयाँ बानेश्वर पुगेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि तनाव बढेको हो।

निषेधित क्षेत्रमा प्रवेश रोक्नका लागि प्रहरीले लगाएको ब्यारिकेट नै शिक्षकहरूले फाल्न खोजेपछि प्रहरीले केही समय हस्तक्षेपसमेत गर्‍यो। शिक्षक र प्रहरीबीच केही समय धकेलाधकेल समेत भएको छ।

हाल संसद्‌मा रहेको विधेयकका कतिपय प्रावधानहरू अपमानित भएको भन्दै शिक्षकहरू बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका थिए।

बिहीबार बिहान सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भए पनि विनाकुनै निष्कर्ष सकिएको थियो। वार्ताका क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निषेधित क्षेत्रमा नपस्न शिक्षकहरूलाई आग्रह गरेका थिए।

प्रकाशित: ४ असोज २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast