राति यी प्रदेशमा चट्याङसहित वर्षा

हिमाल प्रेस ३ असोज २०८० १९:३६
8
SHARES
राति यी प्रदेशमा चट्याङसहित वर्षा प्रतीकात्मक तस्बिर।

काठमाडौँ- आज (बुधबार) राति देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशहरुका केही स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै राति कोशी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टा (बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रकाशित: ३ असोज २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =