संविधान दिवसमा उल्लासमय टुँडिखेल [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३ असोज २०८० १०:२०
6
SHARES
संविधान दिवसमा उल्लासमय टुँडिखेल  [तस्बिरहरू]

काठमाडौँ- संविधान दिवस, २०८० का अवसरमा बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्।

टुँडिखेलमा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति थियो।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संघीय संसद्को विभिन्न समितिका सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो।

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो। ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो। मैदानबाट रंगीचंगी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगीतिक प्रस्तुति गरिएको थियो।
समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषांक विमोचन गरिएको थियो।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

         

प्रकाशित: ३ असोज २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =