१६ अंकले बढ्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

हिमाल प्रेस २ असोज २०८० १६:१५
6
SHARES
१६ अंकले बढ्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) १६.२४ अंकले बढेको छ। आज १८२ कम्पनीको सेयर मूल्य बढेको छ। ३६ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

मंगलबार ४३ लाख ३६ हजार कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ।

आज शुभ्म पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर, मेन्छियम् हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अभियान लघुवित्त, पिपुल्स हाइड्रोपावर लिमिटेड र राप्ती हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

जलविद्युत् उपसमूहको सूचक ३.२१ प्रतिशतले बढेको छ। त्यस्तै फाइनान्स उपसमूहको सूचक १.९५ र विकास बैंक उपसमूहको सूचक १.४८ प्रतिशतले बढ्यो।

कारोबार रकमका हिसाबले आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको १० करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: २ असोज २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =