एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

हिमाल प्रेस २ असोज २०८० १२:५२
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

काठमाडौँ- १८औँ वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले लगातार २८ दिनसम्म हरेक दिन ‘स्योर प्राइज गिफ्ट’को फाइदा लिन सक्ने भएका छन्। यसका साथै ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्नेछन्।

एनसेल आजियाटा लिमिटेडले वार्षिकोत्सवको अवसरमा हामी तपाईंकै लागि’ थिमअन्तर्गत यो योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको घोषणा गरेको हो। यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन्।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कार पाउन योग्य हुन ग्राहकहरूले एष्ट्रिक्स १७११७ ह्यास डायल गर्न सक्छन्। यो कोड डायल गरेपछि ग्राहकले निःशुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन्। ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन्। स्योर प्राइज उपहार स्वरूप प्राप्त हुने सेवा, सुविधा २४ घण्टाको लागि मान्य रहने कम्पनीले जनाएको छ।

२८ दिनसम्म सञ्चालनमा रहने योजना अवधिमा एक हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरूप एक सय बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा सात जना ग्राहकले बम्पर पुरस्कारको रूपमा एकएक वटा स्कुटर जित्नेछन्। साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स १७११७ ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्नेछ।

प्रकाशित: २ असोज २०८० १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =