काठमाडौँ- नेपाल एसबिआई बैंक र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका सहनिर्देशक उदयन काब्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा बैंकका कर्पोरेट क्रेडिटका प्रमूख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराईलगायत कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो। बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको फाइनान्सिङ सहज बनाउने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।
प्रकाशित: १ असोज २०८० १६:२२ | Monday, September 18, 2023
प्रतिक्रिया





