विश्वकप २०२३ का लागि पाकिस्तान क्रिकेट टिम अर्को साता भारत आउँदै

हिमाल प्रेस ३१ भदौ २०८० ८:५४
32
SHARES
विश्वकप २०२३ का लागि पाकिस्तान क्रिकेट टिम अर्को साता भारत आउँदै

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगित आज (आइतबार) सम्पन्न हुँदैछ। एसियाली क्रिकेटका लागि ठूलो मानिएको प्रतियोगिताको फाइनल खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि भारत र श्रीलंकाबीच हुँदैछ।

उक्त प्रतियोगिता सकिएपछि त्योभन्दा पनि ठूलो प्रतियोगिता आईसीसी एक दिवसीय क्रिकेट विश्वकप आउँदो अक्टुबर ५ तारिखदेखि भारतमा हुँदैछ। एसियाली टिमसहित १० टिमका सहभागिता रहने विश्वकप प्रतियोगिताको आयोजक भारत रहेको छ।

विश्वकप प्रतियोगिताको तालिका आईसीसीले यसअघि नै सार्वजिनक गरिसकेको छ। सोहीअनुसार प्रतियोगितामा सहभागी हुने टिम भारत आउने तयारी गरिरहेका छन्।

यसअघि पाकिस्तानमा हुने एसिया कपका लागि भारतले पाकिस्तान जान मानेको थिएन। त्यही बेला पाकिस्तानले पनि भारतीय टिम एसिया कपका लागि पाकिस्तान नआएमा विश्वकप खेल्न आफू पनि भारत नजाने बताएको थियो।

त्यसै कारण एसिया कपका भारतका खेल श्रीलंकामा राखिएको थियो। यस्तो अवस्थामा विश्वकपका लागि पाकिस्तानी टिम भारत आउने वा नआउने सबैको चासोको विषय बनेको छ। तर पाकिस्तानी टिम अर्को साता अर्थात यही सेप्टेम्बर २५ तारिखमा भारत आउन सहमत भएको भारतीय पत्रिका नवभारतटाइम्सले समाचार लेखेको छ।

पाकिस्तान क्रिकेट टिम २७ सेप्टेम्बरमा हैदरावाद पुग्ने समाचारमा उल्लेख छ। सन् २०१६ को टी-२० विश्वकपपछि पाकिस्तान पहिलो पटक भारत आउन लागेको हो। विश्वकपमा भारत र पाकिस्तान बीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अक्टोबर १४ मा तय गरिएको छ। एसिया कपमा पाकिस्तान सुपर फोरबाट बाहिरिसकेको छ।

एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

प्रकाशित: ३१ भदौ २०८० ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =