एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

हिमाल प्रेस ३१ भदौ २०८० ६:२९ | Sunday, September 17, 2023
एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ- नेपालसहित ६ टिम सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (आइतबार) भारत र श्रीलंकाबीच हुँदैछ।

नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ। श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनल खेल तय गरिएको छ।

यसअघि सुपर फोरको खेलमा श्रीलंकाले पाकिस्तान तथा भारतले श्रीलंकालाई हराएर दुवै टिम फाइनल पुगेका हुन्। सुपर फोरमा श्रीलंका र पाकिस्तानबीचको खेल निकै रोमाञ्चक मोडमा पुगेर श्रीलंकाले २ विकेटले जितेकको थियो।

सोअघि भारतले श्रीलंकालाई ४१ रनले हराएर फाइनलमा पुगेको थियो। प्रतियोगितामा यस वर्ष नेपाल पहिलो पटक सहभागी भएको थियो। नेपाल, अफगानिस्तान, बंलादेश, पाकिस्तान, श्रीलंका र भारतसहति ६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए।

नेपाल दुवै खेल समूह ‘ए’मा भारत र पाकिस्तानसँग हारेको थियो भने अफगानिस्तानलाई बंगलादेश र श्रीलंकाले हराएको थियो।

प्रकाशित: ३१ भदौ २०८० ६:२९ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast