 
                            
                                            नेपाली नारीहरूको महान् चाड तीज नजिकिएसँगै यो साता उपत्यकामा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, पुस्तक विमोचनलगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम भइरहेको छ। हलमा नेपाली हिन्दी र अंग्रेजी फिल्म चलि नै रहेका छन्।
त्यसबाहेक भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्ध ‘ह राम पण्डित’ र मदन पुरस्कार विजेता उपन्यास ‘दमिनी भीर’ मा आधारित नाटक मञ्चन भइरहेको छ। नाडा अटो शो, दुई पुस्तक र चित्रकला प्रदर्शनी राजधानीमा शनिबारका अन्य कार्यक्रम हुन्।
भृकुटीमण्डपमा ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो शो २०२३’
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भदौ २६ देखि नाडा अटो सो २०२३’ चलिरहेको छ। ३१ गतेसम्म चल्ने प्रदर्शनीमा ४५ वटा सवारीसाधनका ब्रान्ड सहभागी छन्। टोयोटाले ‘र्याभ फोर’ ब्रान्डको हाइब्रिड (पेट्रोल र विद्युत दुवैले चल्ने गाडी), बीवाईडी, एमजी, नेटा र बुलिङ ब्रान्डले विद्युतीय सवारीमात्रै प्रदर्शनीमा राखेका छन्। टाटा, हुन्डाई, किया, ग्रेटवाललगायत ब्रान्डले भने इन्धन र विद्युतीय दुवै गाडी प्रदर्शनीमा राखेका छन्। साथै प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे ब्रान्डका साथै लुब्रिकेन्टस, टायर, पार्टपुर्जालगायतका सामग्री पनि राखिएका छन्।
जेलको डायरी (१९६३-१९६८)– विश्वेश्वरप्रसाद कोइराला
शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवनमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेलको डायरी (१९६३-१९६८)’ पुस्तक लोकार्पण हुँदैछ। पुस्तक शंकर तिवारीले सम्पादन गरेका हुन्। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। कार्यक्रम दिउँसो १ बजे हुनेछ।
व्यक्तित्वको विघटन
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा ‘व्यक्तित्वको विघटन’ पुस्तक विमोचन हुँदैछ। यो पुस्तक माक्सिम गोर्कीको पुस्तक ‘द डिसेन्टिग्रसन अफ प्रश्नालिटी’ को नेपाली अनुवाद हो। पुस्तक निनु चापागाईंले अनुवादन गरेका हुन्।
दिउँसो १२ः३० बजे सुरू हुने कार्यक्रममा पुस्तकबारे मोहन वैद्य ‘किरण’, भोगीराज चाम्लिङ र करुणा पराजुलीले परिचर्चा गर्नेछन्। कार्यक्रम गुरुङ सुशान्तले प्रस्तुत गर्नेछन्। पुस्तक बेला पब्लिकेसनले प्रकाशन गरेको हो।
शिल्पीमा ‘ह बिन्दु राम पण्डित’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २७ गतेदेखि भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्ध ‘ह बिन्दु राम पण्डित’ मा आधारित नाटक मञ्चन भइरहेको छ। नाटक असोज १३ सम्म चल्नेछ। दैलो प्रोडक्सनको प्रस्तुति र भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा नाटक‘ह बिन्दु राम पण्डित’ मञ्चन गरिएको हो।
नाटकको नाट्य आलेख तथा निर्देशन बारत लिम्बूले गरेका छन्। नाटकमा कलाकार विकास जोशी, श्रवन सिंह राना मगर, सविर चुरौटे, मिल्सन राई, सविन कट्टेल, रोशन, उज्जल वातवा राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, सोनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझी छन्।
नाटक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। साथै शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ।
दमिनी भीर
थापागाउँस्थित मण्डला थिएटरमा ‘दमिनी भीर’ मञ्चन भइरहेको छ। नाटक आगामी असोज १० गतेसम्म चल्नेछ। राजन मुकारुङद्वारा लिखित उपन्यास ‘दमिनी भीर’ मा आधारित नाटक भदौ २२ गतेदेखि मञ्चन भएको हो। यो उपन्यासले २०६९ सालमा मदन पुरस्कार पाएको थियो।
नाटक ‘दमिनी भीर’मा संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, जातीय पहिचानको मुद्दा, राजनीतिक आरोह-अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि प्रस्तुत गरिएको छ। रंगकर्मी इगिँहोपो कोइँच सुनुवारले नाटकको परिकल्पना र निर्देशन गरेका छन्।
नाटकमा किरण चाम्लिङ, पुनम थापा, सीता राई, रियर राई, सुजाता गुरुङ, सुजु सुनुवार किराती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, शायोक मुकारुङलगायत कलाकारको अभिनय छ। नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन हुनेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।
थैली इन्टरटेन्मेन्टको सहकार्य र ममा आर्टसको प्रस्तुतिमा नाटक मञ्चन गरिएको हो। नाटक समता फाउन्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले निर्माण गरेका हुन्।
‘मुन्डन फ्रिक्सन टु सेल्फ फ्लो’
बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा ‘मुन्डन फ्रिसन टु सेल्फ फ्लो’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। भदौ २२ गतेदेखि सुरु भएको प्रदर्शनी असोज १२ गतेसम्म चल्नेछ। प्रदर्शनीमा कलाकार उमेश श्रेष्ठको एकल चित्र छ। जसमा श्रेष्ठले सन् १९१४ देखि २०२३ सम्म कोरेका तस्बिर छन्।
श्रेष्ठको यो पहिलो एकल प्रदर्शनी हो। तस्बिरमा युवा कलाकारदेखि स्थापित चित्रकारसम्मको उनको यात्राको विवरण छ।
हलमा कुनकुन फिल्म?
उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘नाङ्गो गाउँ’, ‘एक भागवत र एक गीता’, बलिउडमा ‘जवान’ र हलिउड फिल्म ‘द नन २’ प्रदर्शन भइरहेको छ।
एक भागवत र एक गीता
फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) भदौ २९ गतेदेखि प्रदर्शन भइरहेको छ। झरना थापा निर्देशित फिल्मका निर्माता सुनिलकुमार थापा हुन्। फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर, कवीर खड्का, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, बालकलाकार जेभिस र जेभिन श्रेष्ठलगायत कलाकारको अभिनय छ।
राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको फिल्ममा हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ। उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल,भाटभटेनी भक्तपुर, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सीडीसी सिनेमाज, एफक्युब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्युज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘एक भागवत र एक गीता’ चलिरहेको अन्य हल हुन्।
नाङ्गो गाउँ
भदौ २९ गतेदेखि फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनरत छ। फिल्म राजनीति विषयवस्तुमा आधारित छ। फिल्मका कलाकार दयाहाङ राई र शिशिर बाङ्देलको चुनावी प्रतिस्पर्धा फिल्मको कथा बनेको छ। फिल्ममा अन्य कलाकार मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरीलगायत छन्।
दिपेन्द्र लामाले पटकथा लेखन र निर्देशन गरेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादन र जय श्रेष्ठको निर्माणमा बनेको छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सीडीसी सिनेमाज, एफक्युब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्युज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स हलमा फिल्म ‘नाङ्गो गाउँ’ चलिरहेको छ।
जवान
बलिउड फिल्म ‘जवान’ भदौ २२ गतेदेखि नेपाली हरुहरुमा प्रदर्शन भइरहेको छ। एट्लीको निर्देशनमा बनेको फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म जिके विष्णुको छायांकन, रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानले लगानी गरेका छन्। आज उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्समा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, क्युज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा बलिउड फिल्म ‘जवान’ चलिरहेका हल हुन्।
द नन २
भदौ २२ गतेदेखि नेपाली हलहरुमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शन भइरहेको छ। हरर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक माइकल चेभ्स हुन्। फिल्ममा टाइसा फार्मिगा, अन्ना पोपलवेल, बोनी आरोन्स, स्ट्रोम रीड, कटलिन रोड राउनीलगायत कलाकारको अभिनय छ।
आज उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ। एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र सीडीसी सिनेमाजमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शनरत छ।


 
                                              
                                             ![प्रहरी जवानदेखि एसएसपीसम्मका ३२ जनालाई कारबाही सिफारिस [सूचीसहित]](https://himalpress.com/wp-content/uploads/2023/12/nepal-police-himal-press.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 