शिक्षकहरूलाई विद्यालय बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको अपिल

हिमाल प्रेस २८ भदौ २०८० २१:५५ | Thursday, September 14, 2023
2
SHARE
शिक्षकहरूलाई विद्यालय बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको अपिल

काठमाडौँ– नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरी राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन देशभरका विद्यालय कर्मचारी र शिक्षकलाई अपिल गरेको छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा महासंघले असोज ३ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको हो।

विधेयकमा रहेका प्रावधानले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दा सम्बोधन गर्न नसक्ने भएकाले आन्दोलनमा जाने निर्णय भएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र अध्यक्ष कमला तुलाधरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि पनि अंकुश लगाउन खोजिएको आरोप लगाएको छ। विधेयकमा रहेका प्रावधान संसद्‌बाट हुबहु पारित भएमा आमनेपाली शिक्षक/कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर संकट ल्याउने निश्चित भएकाले आन्दोलनमा जाने निर्णय गरिएको हो।

विज्ञप्तिमा उल्लेख छ, ‘२०८० असोज ३ गतेबाट हुने सडक आन्दोलन सहभागी हुन देशभरिका सबै विद्यालय बन्द गरी संघीय राजधानी काठमाडौँ आइपुग्न सबै शिक्षक/कर्मचारी साथीमा अनुरोध गरिन्छ।’

आन्दोलनमा सहभागी आउँदा आइपर्ने आर्थिक तथा भौतिक व्यवस्थापनका सबै काम जिल्लागत रुपमा प्रबन्ध गर्नु गराउन पनि सम्बन्धित जिल्लाका महासंघ, आबद्ध/सम्बद्ध संस्था तथा आन्दोलन परिचालन समितिहरुमा महासंघले अनुरोध गरेको छ। आन्दोलनसम्बन्धी जानकारी सम्प्रेषण गर्न शुक्रबार १२ः३० बजे रिपोर्टस् क्लब भृकुटीमण्डपमा पत्रकार भेटघाट कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख छ।

विद्यालय शिक्षा विधेयक प्रतिगामी : नेपाल शिक्षक संघ

राज्यले फेरि शिक्षक कर्मचारीलाई धोका दियो, अब आन्दोलनको विकल्प छैन : शिक्षक महासंघ

विद्यालय शिक्षासम्बन्धी विधेयक : आपत्ति जनाउँदै आन्दोलनको तयारीमा राहत शिक्षक

प्रकाशित: २८ भदौ २०८० २१:५५ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast