कैदीहरूबीच आपसी विवाद भएपछि वीरगन्जको बालगृहमा तनाव

हिमाल प्रेस २७ भदौ २०८० ८:४६
10
SHARES
कैदीहरूबीच आपसी विवाद भएपछि वीरगन्जको बालगृहमा तनाव

वीरगन्ज- पर्साको वीरगन्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ। गएराति बाल सुधार गृहमा रहेका कैहीहरूबीच आपसी विवाद भएपछि तनाब उत्पन्न भएको हो।

सुधारगृहमा रहेका दुई समूहबीच विवाद हुँदा तनाब उत्पन्न भएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले जानकारी दिए। उनका अनुसार आक्रोशित कैदीहरूले सुधारगृहमा तोडफोडसमेत गरेका छन्। अहिले स्थिति सामान्य बनिसकेको उनले बताए।

भक्तपुरबाट आएका कैदी र यहाँका कैदीबीच विवाद भएको उनले बताए। यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो।

एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरू भागेका थिए।

त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो।

प्रकाशित: २७ भदौ २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =