मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमायो : खिलराज रेग्मी

हिमाल प्रेस २६ भदौ २०८० १०:५२
2
SHARE
मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमायो : खिलराज रेग्मी

काठमाडौँ- तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन्।

उनले कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गरे।

पूर्वअध्यक्ष रेग्मीले भने, ‘सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उनले समन्वयकारी भूमिका खेल्नुभयो।’

प्रकाशित: २६ भदौ २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =