श्रम गन्तव्यलाई सुरक्षित बनाउन उच्चस्तरीय छलफल सुरु

हिमाल प्रेस २५ भदौ २०८० ११:१५
4
SHARES
श्रम गन्तव्यलाई सुरक्षित बनाउन उच्चस्तरीय छलफल सुरु

काठमाडौँ- श्रम गन्तव्यलाई सुरक्षित बनाउन उच्चस्तरीय छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग सिंहदरबारमा छलफल सुरु गरेका हुन्।

बैठकमा वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय, विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल भएको छ।

श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागितामा भएको बैठकमा सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने विश्वास गरिएको छ।

श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भुमिकाका विषयमा बैठकमा छलफल हुनेछ।

प्रकाशित: २५ भदौ २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =