रेनल्टका गाडीमा सानिमा बैंकले लगानी गर्ने

हिमाल प्रेस २२ भदौ २०८० १५:०३
रेनल्टका गाडीमा सानिमा बैंकले लगानी गर्ने

काठमाडौँ- नेपालका लागि रेनल्ट गाडिको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ। नजिकिँदै गरेको दसैँ तिहार र नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन बैंकसँग सहकार्य गरिएको एड्भान्स्ड अटोमोबाइल्सले जनाएको छ।

सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट प्रमुख विशाल दाहालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार रेनल्टको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा कर्जाको सुविधा पाउन सक्नेछन्। यो सुविधा रेनल्टका देशभरका आधिकारिक डिलर र सानिमा बैंकका शाखामा उपलब्ध हुनेछ।

यसका साथसाथै रेनल्टले चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ काररम्भ’ योजना पनि ल्याएको छ। यो योजनाअन्तर्गत रेनोका ग्राहकले ७ लाखसम्मको छुटको साथै सजिलो कर्जा, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्सचेन्ज अफरको लाभ पाउनेछन्।

प्रकाशित: २२ भदौ २०८० १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =