नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानीको अन्तिम तयारी

हिमाल प्रेस २१ भदौ २०८० १८:५३
6
SHARES
नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानीको अन्तिम तयारी

काठमाडौँ- नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानीका लागि नेपालमा फोनपे र एनआईपीएलले अन्तिम तयारी गरेका छन्।

नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनआईपीएलले अन्तरदेशीय क्यूआर भुक्तानीका लागि अन्तिम तयारी गरेका हुन्।

दुई कम्पनीको सहकार्यले नेपाल र भारतका लाखौँ नागरिकलाई दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सजिलो हुनेछ।

त्यसका लागि दुवै कम्पनीले तयारी पूरा गरेर प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको बताएका छन्। प्राविधिक एकीकरणपछि दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरूलाई सेवा प्रदान हुनेछ। साथै दुई देशको डिजिटल भुक्तानीमा यसले ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

फोनपेका एवं एफवान सफ्ट ग्रूपका अध्यक्ष विश्वास ढकालले अन्तरदेशीय क्यूआर भुक्तानीले दुवै देशका नागरिक लाभान्वित हुने बताए। ‘दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्न महत्वपूर्ण कदम हो,’ उनले भने, ‘म विश्वस्त छु कि यसले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पुर्यामउनेछ। र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ।’

प्रकाशित: २१ भदौ २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =