रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त

हिमाल प्रेस २१ भदौ २०८० ११:२१
8
SHARES
रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत रहेका काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा दुस्ख व्यक्त गरेका छन्।

सभापति देउवाले कांग्रेस संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा रिजालले योगदान दिएकोसमेत बताएका छन्।

रिजालको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ। रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। साथै दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।

प्रकाशित: २१ भदौ २०८० ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =