चीन भ्रमणका बारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

हिमाल प्रेस २१ भदौ २०८० १०:१३
10
SHARES
चीन भ्रमणका बारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछन्।

यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ। समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारीमा छन्।

उनको न्यूयोर्क भ्रमण यही भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो।

प्रकाशित: २१ भदौ २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =