समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देशसभा गर्दै

हिमाल प्रेस २० भदौ २०८० १०:०१
2
SHARE
समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देशसभा गर्दै फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देशसभा गर्ने भएको छ। मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देशसभा गर्न लागेको हो।

मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए।

मोर्चाले यसअघि गण्डकी, मधेश, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।

बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले गर्ने छ। कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।

प्रकाशित: २० भदौ २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + thirteen =