नाडा अटो शोको टिकट खल्तीबाट काट्दा २० प्रतिशत क्यासब्याक

हिमाल प्रेस १७ भदौ २०८० १५:२४
नाडा अटो शोको टिकट खल्तीबाट काट्दा २० प्रतिशत क्यासब्याक

काठमाडौँ- खल्तीले नाडा अटो शो २०२३, सँग ‘टिकेटिङ पार्टनर’को रूपमा साझेदारी गरेको छ। भदौ २६ देखि ३१ गतेसम्म हुन गइरहेको यस शोमा विद्यार्थीले  १५०  र अरुले २०० रूपैयाँमा टिकट खरिद गर्न सक्नेछन्। खल्तीमार्फत टिकट काट्दा २० प्रतिशत क्यासब्याक प्राप्त हुनेछ।

आयोजकका अनुसार यस वर्ष नाडा अटो शाेमा १७ वटा चार पाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी,  ३१ वटा स्पेयर पार्टस्, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनी सहभागी हुँदैछन्।

प्रकाशित: १७ भदौ २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =