गोसाइँकुण्डबाट हराएका यात्रु फेला

हिमाल प्रेस १७ भदौ २०८० ९:०३
20
SHARES
गोसाइँकुण्डबाट हराएका यात्रु फेला फाइल तस्बिर

रसुवा- जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु फेला परेका छन्। काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट बस्दै आएका १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन्।

आफ्नी आमासहित गोसाइँकुण्डबाट फर्कने क्रममा उनी हराएका थिए। उनले ढिम्सा क्षेत्र झरेर छुर्पी किन्न लाग्दा आमाबाट छुट्टिन पुगेर मुख्य बाटो भुलेर जंगलको बाटो पस्दा हराएका थिए।

उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बताए।

प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेत सुरक्षाकर्मीले खोजी गरेका थिए। ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०-९० जना सुरक्षाकर्मी परिचालित भएका थिए। शनिबार धुञ्चेपारिको खोपाङ भीर इलाकाको खोल्छामा उनी फेला परेका हुन्।

दुई दिनको प्रयासबाट घिस्रिँदै खोपांको खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए। रासस

प्रकाशित: १७ भदौ २०८० ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =