अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट नबिल बैंक सम्मानित

हिमाल प्रेस १३ भदौ २०८० २०:२९ | Wednesday, August 30, 2023
अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट नबिल बैंक सम्मानित

काठमाडौँ- नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ।

कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो।

कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीले बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई अवार्ड प्रदान गरेका थिए। कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारतलगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता थियो।

‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने।

अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवा नबिल बैंकले नै ल्याएको बताए।

प्रकाशित: १३ भदौ २०८० २०:२९ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast