सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

हिमाल प्रेस १३ भदौ २०८० १५:४२
416
SHARES
सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

काठमाडौँ– सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। भेप (विद्युतीय चुरोट)मार्फत सुन तस्करी गरेको आरोप लागेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँस्थित निवासबाटै पक्राउ गरेको गृहमन्त्रालय स्रोतले हिमालप्रेसलाई जानकारी दियो।

तर उनले सामाजिक सञ्चाल फेसबुकमार्फत अनुसन्धानमा सहजीकरण गर्नका लागि आफैँ सीआईबीमा उपस्थित हुन लागेको जानकारी गराएका थिए। उनले आफूले केही नबिराएकोले आफू नडराउने पनि बताएका छन्।

‘पक्राउ पुर्जी प्रहरी घरमा पुगेपछि बाबु छोराले नै मोबाइल स्वीच अफ गर्नु भएको थियो। प्रहरी भित्र आएको थाहा पाएपछि उहाँले स्टाटस लेख्नु भएको रहेछ। उहाँ सीआईबी आउनु भएको होइन। प्रहरीले नै ल्याएको हो’ गृहस्रोतले भन्यो। राहुललाई प्रहरीले बाबु कृष्ण महराकै अघिबाट पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग पटकपटक कुराकानी भएको देखिए पनि उनीहरू अहिलेसम्म पक्राउ परेका थिएनन्। प्रहरीले राहुलविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार थिए। राहुललाई पक्राउ गरे पनि बाबु कृष्णबहादुरलाई भने पक्राउ गरेको छैन।

०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोरा टेलिफोन सम्पर्क भएको देखिएको थियो। त्यसो त महरा आफैँले पनि ती व्यक्तिसँग चिनजान भएको र ती व्यक्ति  फलफूल व्यापारीको रुपमा आफूले चिनेको बताएका थिए।

यो पनि 

महरा भन्छन् : अनुसन्धानका लागि मलाई बोलाऊ भनेकै छु, बोलाउँदैनन् त के गर्नू?

सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन : कृष्णबहादुर महरा

प्रकाशित: १३ भदौ २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast