प्रतिगमन कदमका विरुद्ध मोर्चा : माधव नेपाल

हिमाल प्रेस १२ भदौ २०८० १३:४०
12
SHARES
प्रतिगमन कदमका विरुद्ध मोर्चा : माधव नेपाल

रुपन्देही- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललले प्रतिगमन कदमका विरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन्।

वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको उनले बताए।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको बताएका हुन्।

‘प्रतिगमन र प्रतिगनकारी काम र अनुचित कदमका विरुद्ध बनेको मोर्चा हो’ नेपालले भने, ‘यसले समाजवादका मान्यता अनुसार अग्रगामी कार्यक्रम मार्फत सहकार्य गर्नेछ।’ अध्यक्ष नेपालले देश विकाससँगै वर्गीय जातीय, क्षेत्रीय, उत्पीडितहरूको मुक्ति, श्रम संस्कृति र आर्थिक समृद्धिको रुपान्तरणमा मोर्चाले काम गर्ने बताए।

उनले अहिले मुलुकमा विचलौलिया, दलाल पूजीपतीहरु हावी भएकले देशमा आर्थिक संकट पैदा भएको टिप्पणी गरे। उनले मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक जस्त समस्याहरुको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए।

उनले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्थ रहेको बताए। ‘अहिले कसैको पनि बहुमत आएको छैन, मिलेरै अगाडि बढ्नुपर्छ’ अध्यक्ष नेपालले भने।

उनले नेकपा एकीकृत समाजवादीको कोही कसैँसग एकता गर्ने सम्भावना नरहेको बताउँदै गठबन्धन बलियो बनाउँदै लैजाने पक्षमा रहेको बताए।

प्रकाशित: १२ भदौ २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =