एमसीसीको विरोध गर्ने तीन पक्राउ

हिमाल प्रेस १२ भदौ २०८० ६:५७
8
SHARES
एमसीसीको विरोध गर्ने तीन पक्राउ

काठमाडौँ- एमसीसीको विरोध गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता रहेका छन्।

काभ्रेको बनेपामा एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महँगी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न रहेका सो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य ढोगप्रसाद उपाध्याय, प्रदेश समिति सदस्यद्वय अशल मोक्तान र प्रदीप अस्तानलाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्नलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको प्रति पार्टीका प्रवक्ता कञ्चनले विरोध गरेका छन्।

‘हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भर्त्सना गर्दछ र गिरफ्तार हुनुभएकाहरूलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गर्दछ’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १२ भदौ २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =