सप्तकोशी पुलमा गाडी राखेर हराएका चिकित्सकको अवस्था अझै अज्ञात

हिमाल प्रेस १२ भदौ २०८० ६:१९
10
SHARES
सप्तकोशी पुलमा गाडी राखेर हराएका चिकित्सकको अवस्था अझै अज्ञात

काठमाडौँ- सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइरालाको अवस्था अझै अज्ञात छ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए। चिकित्सक कोइराला राति २ बजे कोशीको पुलमा आएको सीसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले दिएको जानकारी अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन्।

बेवारिसे कार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो ।

प्रकाशित: १२ भदौ २०८० ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =