सप्तकोशी पुलबाट बेपत्ता डाक्टरको शव फेला

हिमाल प्रेस २० भदौ २०८० ११:०९
6
SHARES
सप्तकोशी पुलबाट बेपत्ता डाक्टरको शव फेला सांकेतिक तस्बिर।

इटहरी- सप्तकोशी पुलबाट बेपत्ता भएका डाक्टरको शव फेला परेको छ।

मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अंगालोमा भेटिएको हो।

झापाको दमक १ मा घर भई गत साउन २९ गतेदेखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए।

सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा नं २ को कोशीको भंगालोमा फेला परेको हो।

कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ।

पोस्टमार्टमपछि उनको शव घर लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० भदौ २०८० ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =