सप्तकोशी ट्रक दुर्घटना : चालक घाइते, दुईको अवस्था सामान्य

हिमाल प्रेस २९ असार २०८० ११:०२
82
SHARES
सप्तकोशी ट्रक दुर्घटना : चालक घाइते, दुईको अवस्था सामान्य

इटहरी- सप्तकोशी ब्यारेजको पुलमा शुक्रबार (आज) बिहान ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका छन्। अन्य दुईको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बर ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बर बस ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार सुनसरीमा पर्ने कोसी ब्यारेजको पुलमा ठोक्किँदा ट्रक सप्तकोसी नदीमा खसेको हो। यात्रुसहित झापाको काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बससँग ट्रक एकापसमा ठोक्किएको राईले जानकारी दिए।

‘विपरीत दिशाबाट आएको ट्रक र यताबाट जाँदै गरेको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो,’ डीएसपी राईले भने, ‘ट्रकमा रहेका तीनजनालाई तत्काल उद्वार गरियो, जसकारण मानवीय क्षति भएन।’

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बर्खायाममा मनसुनका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

‘ट्रक नदीमा खसेपछि केही देखिएन, बर्खाकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘कोशी ब्यारेजको १० नम्बर ढोकाको बार पनि भत्किएको छ। बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो।’

उनका अनुसार उद्वार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन्। अन्य २ जनाको अवस्था सामान्य छ । प्रहरीका अनुसार बसका सवार यात्रु भने सकुशल छन्। दुर्घटनामा परेको बसलाई कोसी ब्यारेजको पुलबाट बाहिर निकालिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: २९ असार २०८० ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =