बाहिरिए ‘दुई कदम’का दुई पाेस्टर, मंसिर २९ देखि हलमा

हिमाल प्रेस ११ भदौ २०८० ११:२२
12
SHARES
बाहिरिए ‘दुई कदम’का दुई पाेस्टर, मंसिर २९ देखि हलमा

काठमाडौँ- फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक भएको छ। फिल्मको पोस्टरसहित मंसिर २९ गतेदेखि प्रदर्शन हुने घोषणा गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र गौरव पहारी, इओन लिम्बू र सिमोन गिरी अटाएका छन्।

फिल्ममा गौरव, इओन र सिमोनसहित सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रितिका शर्मालगायतको अभिनय छ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्म उदय सुब्बले निर्देशन गरेका छन्। फिल्मको छायांकन मुस्ताङ, धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ। विक्रम डिसीले छायांकन गरेका हुन्।

प्रविन ढकालको सम्पादन रहेको फिल्म ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी छ।

अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बुले लगानी गरेकी छन्।

प्रकाशित: ११ भदौ २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =