३१.५२ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस ७ भदौ २०८० १५:१६
३१.५२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३१.५२ अंकले घटेको छ। यसअघिका दुई कारोबार दिनमा बजार बढेको थियो। बिहीबार नेप्से परिसूचक २०१४ बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबार भएकामध्ये २०६ कम्पनीको सेयर मूल्य घट्यो। १७ कम्पनीको मूल्य बढ्यो भने चार कम्पनीको स्थिर रह्यो। आज पनि कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यो सातामात्रै दोस्रो बजारमा कारोबार सुरु गरेको कुथेली बुखरीको सेयर मूल्य हरेक दिन १० प्रतिशतका दरले बढिरहेको छ।

आज मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढ्यो। बाँकी बढेका कम्पनीको दर २ प्रतिशत पनि पुगेको छैन। कारोबार रकमका हिसाबले बिहीबार सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। घोराही सिमेन्ट उद्योगको ६ करोड ९४ लाख रुपैयाँको कारोबार भयो।

बिहीबार कुल २७५ कम्पनीको १ अर्ब ५५ करोड ५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकाे छ।

प्रकाशित: ७ भदौ २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =