‘कान्तारा २’ को बजेट सात गुणा बढ्यो

हिमाल प्रेस ७ भदौ २०८० १२:२०
18
SHARES
‘कान्तारा २’ को बजेट सात गुणा बढ्यो

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘कान्तारा २’ बन्ने भएको छ। ऋषभ सेट्टीको निर्देशन रहेको फिल्म ‘कान्तारा’को यो दोस्रो भाग हो। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको काम सुरु भइसकेको छ।

सन् २०२२ को सेप्टेम्बरमा प्रदर्शनमा आएको फिल्म ‘केजीएफ २’ पछि कन्नड भाषाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। ‘कान्तारा’ले कर्नाटकमा मात्र १ सय ७३ करोड भारु कमाएको थियो। ‘केजीएफ २’ले यस राज्यमा १ सय ६१ करोड भारुमात्र कमाइ गरेको थियो।

१६ करोड भारुको बजेट रहेको फिल्मले संसारभर लगभग चार सय करोड भारु कमाएको थियो। यसपालि फिल्मको बजेट सात गुणा बढेको भारतीय मिडियाले जनाएका छन्। दैनिक भाष्करमा प्रकाशित समाचारअनुसार यसपटक फिल्मको बजेट १ सय २५ करोड भारु हुनेछ।

‘कान्तारा २’ को छायांकन मैंगलोरमा हुनेछ। ‘कान्तारा’ निर्देशक सेट्टीको गृहजिल्ला कुन्डापारामा भएको थियो। फिल्मको छायांकन नोभेम्बरबाट सुरु हुनेछ। र फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ।

प्रकाशित: ७ भदौ २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =