प्रधानमन्त्री र सभामुख व्यस्त भएपछि बस्दै नबसी सर्‍यो संसद् बैठक

हिमाल प्रेस ५ भदौ २०८० १५:१८
10
SHARES
प्रधानमन्त्री र सभामुख व्यस्त भएपछि बस्दै नबसी सर्‍यो संसद् बैठक फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ। आज मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे व्यस्त भएपछि भोलि बिहान ११ बजेसम्मको लागि सरेको हो।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले भोलि बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका थिए। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पनि सभामुख र प्रधानमन्त्री व्यस्त हुने भएपछि आजको बैठक सरेको जानकारी दिए।

‘आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो,’ उनले भने। उनका अनुसार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली पनि बिरामी छन्।

‘केपी ओली पनि सामान्य ज्वरो आएको कारणले आराम गरिरहनुभएको छ। समय व्यवस्थापन गर्न गाह्रो भयो आज सदन चल्दैन,’ उनले भने।

पछिल्लो समय सुन तस्करी प्रकरणलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आइरहेको थियो। तर गत राति दलका नेताहरू बसेर उच्चस्तरीय छानबिन समित गठन गर्ने सहमति गरेसँगै संसद् बैठक चल्न दिने सहमति भइसकेको छ।

प्रकाशित: ५ भदौ २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =