नेप्से परिसूचक २२ अंकले घट्यो

हिमाल प्रेस ३ भदौ २०८० १६:०३
नेप्से परिसूचक २२ अंकले घट्यो

काठमाडौँ- सातामा पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१.९१ अंकको गिरावट आएको छ। आजको कारोबारपछि नेप्से परिसूचक २०११ बिन्दुमा कायम भएको हो।

२६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर ४३ हजार पटक खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक १७२.७३ र जीवन बिमा समूहको उपसूचक १३४.९० अंकले घटेको छ। बैंकिङ समूह ३.६०, विकास बैंक ३५.६०, वित्त ११.०६, होटल तथा पर्यटन १०६.२६ र जलविद्युत् ५०.११ अंकले घटेको छ। त्यसैगरी लगानी समूह ०.६९, उत्पादन तथा प्रशोधन ८८.५४, लघुवित्त ३२.२३, म्युचुअल फन्ड ०.०४, व्यापार ३६.६० र अन्य समूह २३.५७ अंकले घटेको छ।

आजको कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको मूल्य घटेको छ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.५७ अंकले बढेको छ। सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर–२०८३ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६३ लाख रुपैययाँ बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ३ भदौ २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =