राजदूत हाइमेदलाई पर्यटनमन्त्रीको प्रस्ताव : साउदीको तेल र नेपालको पानी साटफेर गरौँ

हिमाल प्रेस ३ भदौ २०८० १५:५४
6
SHARES
राजदूत हाइमेदलाई पर्यटनमन्त्रीको प्रस्ताव : साउदीको तेल र नेपालको पानी साटफेर गरौँ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र साउदी अरेवियाका राजदूत साद अबु हाइमेदबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री किराँतीले साउदीको तेल र नेपालको पानी साटफेर गर्ने प्रस्ताव गरेको बताएका छन्।

उनीहरूबीच आज आइतबार भेट भएको हो। ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ,’ भेटमा गरेको कुराबारे जानकारी दिँँदै मन्त्री किराँतीले फेसबुकमा लेखेका छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस्।’

उनले तातो साउदी देशका नागरिकलाई सगरमाथाको चिसो देश घुम्न पठाउने वातावरण बनाइदिन पनि आग्रह गरेको बताएका छन्। त्यस्तै भैरहवा र पोखरा विमानस्थलको लागि साउदीबाट सिधा उडानको गर्न पहल गर्न पनि आफूले आग्रह गरेको राइको भनाइ छ।

प्रकाशित: ३ भदौ २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =