एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज

हिमाल प्रेस ३ भदौ २०८० ७:१८
4
SHARES
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज (आइतबार) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ।

महासचिव घनश्याम भुसालल बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए।

उनले बैठकमा सबै जनवर्गीय संगठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने पनि बताए।

समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्ष नेतालाई बैठकले जिम्मेवारी प्रदान पनि उनले बताए। पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको महासचिव भुसालले जानकारी दिए। रासस

प्रकाशित: ३ भदौ २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =