गत वर्ष ८२० किमी सडक कालोपत्रे, २२२ पुल निर्माण

हिमाल प्रेस ३२ साउन २०८० १५:०८
8
SHARES
गत वर्ष ८२० किमी सडक कालोपत्रे, २२२ पुल निर्माण तनहुँको फेदीखोलामा निर्माण भएको पक्की पुल। तस्बिर : रासस

काठमाडौँ- सरकारले गत आर्थिक वर्ष २०७९/८० मा ८२० किमी सडक कालोपत्रे र २२२ पुल निर्माण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साे अवधिमा २४९ किमी सडक पुनर्निर्माण गरिएको छ।

गत आवमा २४३ किमी नयाँ ट्रयाक खुलेको र ६२८ किमी ग्राभेल गरिएको मन्त्रालयको तथ्यांक छ। गत आवमा ७६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहे पनि ५३८ किमी सम्पन्न भएको छ।

सडक विभागको गत आवकाे समग्र प्रगति ६९ प्रतिशत रहेकाे छ। राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जानकारी गराएको छ। नागढुंगा-नौबिसे हुँदै मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम सुरु भएको छ।

विभागका अनुसार महेन्द्र राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया सुरु भएको छ।

तमोर करिडोरअन्तर्गत मूलघाट–सुभांगखोला खण्डको निर्माण सुरु भएको छ। ललितपुरको ग्वार्काेमा ‘फ्लाईओभर’ को निर्माण भइरहेको र सातदोबाटो, एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि वहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको छ। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ ।

प्रकाशित: ३२ साउन २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =