भदौ ३१ गते क्यान महासंघको ‘नेपाल ब्लकचेन कन्क्लेभ’

हिमाल प्रेस ३१ साउन २०८० १८:०८
8
SHARES
भदौ ३१ गते क्यान महासंघको ‘नेपाल ब्लकचेन कन्क्लेभ’

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आगामी भदौ ३१ गते ‘नेपाल ब्लकचेन कन्क्लेभ’ गर्ने भएको छ।

प्रविधिबारे सचेतना जगाउन, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच बृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको महासंघले जानकारी दिएको हो।

कन्क्लेभको सह-आयोजकमा ब्लकचेन टेक्नोलोजीमा ८ वर्षदेखि कार्यरत क्लक बी बिजनेस टेक्नोलोजी छ। त्यस्तै कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञहरूबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, टेक्नोलोजीका चुनौती तथा अपनाउनुपर्ने अवसरहरूलाई सम्बोधन गर्ने, विभिन्न क्षेत्रहरूमा ब्लकचेन टेक्नोलोजीको सम्भावना पत्ता लगाउने र त्यसका लागि सरोकारवालाहरूबीचको समन्वयलाई अघि बढाउने लक्ष्य राखेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए।
कार्यक्रममा ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता हुनेछ।

एकै छानामुनी सरोकारवालाहरू बीच हुने छलफल तथा ज्ञान आदानप्रदान कार्यले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउन पुग्ने कन्क्लेभको सह-आयोजक क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले बताए।

प्रकाशित: ३१ साउन २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =