नाटकमा ‘दमिनी भीर’

हिमाल प्रेस ३० साउन २०८० १३:३६
148
SHARES
नाटकमा ‘दमिनी भीर’

काठमाडौँ- मदन पुरस्कार प्राप्त उपन्यास ‘दमिनी भीर’मा आधारित नाटक बन्ने भएको छ। थैली इन्टरटेन्मेन्टको सहकार्य र ममा आर्ट्सको प्रस्तुतिमा नाटक ‘दमिनी भीर’ मञ्चन हुन लागेको हो।

रैथाने कला, साहित्य र संस्कृतिको संवर्द्धनको लागि नाटक मञ्चन गर्न लागिएको निर्माण टिमले जनाएको छ। उपन्यासले २०६९ सालमा मदन पुरस्कार पाएको थियो। उपन्यासका लेखक राजन मुकारुङ हुन्।

नाटक रंगकर्मी इगिँहोपो काइच सुनुवारको परिकल्पना र निर्देशन गर्नेछन्।

नाटक थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन गरिने छ। आगामी भदौ २२ देखि मञ्चन सुरु गरिने नाटक असोज १० गतेसम्म चल्नेछ। अहिले नाटकको रिहर्सलको काम भइरहेको जनाइएको छ।

समता फाउन्डेससन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान संयुक्त निर्माणमा नाटक मञ्चन हुन लागेको हो।

प्रकाशित: ३० साउन २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =