धौलीगंगा बाँध पुनः खोलिँदै, महाकालीमा पानीकाे बहाव बढ्ने

हिमाल प्रेस २९ साउन २०८० २१:१८
8
SHARES
धौलीगंगा बाँध पुनः खोलिँदै, महाकालीमा पानीकाे बहाव बढ्ने फाइल तस्बिर।

बैतडी- भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते (बिहीबार) बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगंगा बाँधका ढोका खोलिने भएका हुन्।

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी गराएकाे हाे। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ। यसअघि भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा दार्चुलामा अर्बौंको क्षति भएको थियो। पछिल्लो समय परियोजनाका ढोका खोल्दा नेपाली प्रशासनलाई पनि पूर्वजानकारी दिने गरेको छ। रासस

प्रकाशित: २९ साउन २०८० २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =