बलुचिस्तानका काकर पाकिस्तानका कामचलाउ प्रधानमन्त्री बन्दै

हिमाल प्रेस २८ साउन २०८० ९:५४
4
SHARES
बलुचिस्तानका काकर पाकिस्तानका कामचलाउ प्रधानमन्त्री बन्दै

काठमाडौँ- दक्षिण एसियाली मुलुक पाकिस्तानमा सिनेटर अनवार उल हक काकर कामचलाउ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। संसद् भंग भएको तीन दिनपछि राष्ट्रपति आरिफ अल्भीले शनिबार नै उनलाई नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति प्रदान गरेका हुन्।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसदको तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग लामो छलफल गरेर उनीको नियुक्ति अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काकर सन् २०१८ मार्चको पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचनमा होमिएका थिए। पछि उनी पाकिस्तानको सिनेटमा निर्वाचित भए। त्यस यता उनी पाकिस्तानी सिनेटका सक्रिय सदस्यका रुपमा प्रस्तुत हुँदै आएका छन्।

पाकिस्तानको संसद् भंग भएसँगैको राजनीतिक संकटलाई स्थिरता दिन उनलाई विकल्पको रुपमा पाकिस्तानी नेताहरुले प्रस्ताव गरेका हुन्।

प्रकाशित: २८ साउन २०८० ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =