‘महानगर’ ट्रेलर : सपनाको बोझले थिचिएकी युवतीको कथा

हिमाल प्रेस २५ साउन २०८० ११:२९
12
SHARES
‘महानगर’ ट्रेलर : सपनाको बोझले थिचिएकी युवतीको कथा

काठमाडौँ- फिल्म ‘महानगर : वान नाइट इन काठमाडौँ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन्। कथा उनीहरूकै वरिपरि घुमेको ट्रेलरमा देख्न सकिन्छ। महानगरको सपना र यथार्थलाई दुई पात्रमार्फत प्रस्तुत गर्ने प्रयास फिल्ममा गरिएको छ।

फिल्म देशविदेशका थुप्रै महोत्सवमा सहभागी भइसकेको छ। केही अवार्ड पनि जित्न सफल भएको छ। ट्रेलरले फिल्म काव्यात्मक भएको छनक दिन्छ।

ट्रेलरको सुरुमै मेनुकाका चरित्रले वाचन गर्ने कवितामात्र नभई फिल्मको लय, संवाद र दृश्य संयोजनले पनि ट्रेलरलाई पृथक बनाएको छ। ट्रेलरले महानगरको सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरिरहेको संकेत गर्छ। कार्मले भने उनलाई त्यो बोझबाट निकाल्ने जिम्मेवारीमा छन्।

सानो घटनाका कारण सँगै रात बिताउन बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई फिल्ममा उतारिएको जस्तो देखिन्छ। फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारको पनि अभिनय छ।

सन् २०२१ मा ‘कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा विश्व प्रिमियर भएको यस फिल्मले ‘निफ’मा राष्ट्रिय चलचित्रको विधामा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो। ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । फिल्म भदौ ८ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: २५ साउन २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =