पाकिस्तानको संसद् भंग

हिमाल प्रेस २५ साउन २०८० ८:१३
4
SHARES
पाकिस्तानको संसद् भंग

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा राष्ट्रियसभा भंग गरेका छन्। राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम यस्तो निर्णय लिएका हुन् ।

राष्ट्रियसभा विघटनसँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहने छन् ।

संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुने छ । राष्ट्रियसभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न आज प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्ने बताइएको छ ।

उनीहरूले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् । उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको हो ।

प्रकाशित: २५ साउन २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =