बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

हिमाल प्रेस २५ साउन २०८० ६:४५
4
SHARES
बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

बागलुङ- बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्ती गर्दै जाने क्रममा स्थानीयको सूचनाको आधारमा गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओढारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

बन्दुक सुरक्षित तरिकाले ओढारमा लुकाएर राखेको अवस्थामा बुधबार साँझ फेला पारेको केसीको भनाइ छ ।

बन्दुकका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बागलुङले समय–समयमा यस्ता खाले अवैध बन्दुकहरू बरामद गर्दै आएको छ ।

प्रकाशित: २५ साउन २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =